स्थानीयबासीको भरपूर साथ र सहयोग रहँदै आएको छ: वडा अध्यक्ष बुढा
८ जेठ ,काठमाडाैं। नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ ।
गाउँ-गाउँमा सिंहदरबारको नारा विकासले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा वडा नम्बर ५ वडामा टेक प्रसाद बुढा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
चालु आर्थिक बजेटबाट वडामा ९५ प्रतिशत वडाका सकेको बाकी ५ प्रतिशत काम चाडै सक्ने तयारीमा रहेको वडा अध्यक्ष बुढाले जानकारी गराउनुभयो ।
उन्नत चुलोको बजारीकरण सम्बन्धी अभिमुखीकरण तथा प्रदशनी कार्यक्रम उन्नत चुलो भालेर प्रदशनी गरि कार्यक्रम सम्पन्न समेत गरेकाे वडा अध्यक्ष बुढाले बताउनुभयाे ।
यस पटक सब वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ ।निर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् ।
वडा अध्यक्ष बुढाले वडाको नेतृत्व गरेदेखि केही न केही फरक कार्य गर्दै आएका छन् । बुढा विकास प्रेमी नेताकारुपमा परिचित छन् ।
दास्रो कार्यकाल भएको कारणल् पनि काम गर्न वडामा सहज भएको वडा अध्यक्ष बुढाले बताउनुभयो ।
सोही क्रममा उहाँले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि एक वर्षमा गरेको विकासको कामका जानकारी गराउनु भएको छ। २०७९ वैशाख ३० को स्थानीय निर्वाचनबाट दोस्रो कार्यकालको लागि बुढा वडा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।
उहाँको नेतृत्वमा एक वर्षमा वडामा ग्राभेल, नाला व्यवस्थापन, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाई तथा सार्वजनिक सम्पदाको संरक्षण र सौन्दर्यकरणको काम भएको छ।
हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै पाउन सक्छन् । तर वडा अध्यक्ष बुढा भन्छन् : ‘यो मेरो एकल प्रयासले मात्र यी काम सम्भव थिएन । साथमा निर्वाचित भएका जनप्रतिनिधिसंगै स्थानीयबासीको समेत भरपूर साथ र सहयोग रहँदै आएको छ ।’
सामाजिक विकास तर्फ पनि वडाले पाइला चालिरहेको छ। सामाजिक विकासका रुपमा वडाले सिप विकासका कार्यक्रमहरु तथा स्वरोजगारका कार्यक्रमहरुलाई प्राथामिकताका साथ अघि बढाएको छ।
हुन त वडामा जनप्रतिनिधि आइसकेपछि वडाको फेरिएको मुहार जोसुकैले सहजै पाउन सक्छन् । तर वडा अध्यक्ष बुढा भन्छन, ‘ मेरो एकल प्रयासले मात्र यी काम सम्भव छैेन । साथमा निर्वाचित भएका जनप्रतिनिधिसंगै स्थानीयबासीको समेत भरपूर साथ र सहयोग रहँदै आएको छ ।’







