र्यानएयर नाफामा
८ जेठ, एजेन्सि । आयरल्याण्डको सुलभ मूल्यमा सेवा प्रदान गर्दै आएको र्यानएयर एयरलाइन्सले कोभिड–१९ पछिको ‘बलियो’ सुधारपछि पुनः वार्षिक खुद मुनाफा आर्जन गर्न सफल बनेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३५ करोड ५० लाख युरो को खुद नोक्सानी व्यहोरेको र्यानएयरले जारी गरेको वक्तव्यमा भनिएको छ, “मार्चको अन्त्यसम्मको १२ महिनामा करपछिको नाफा बढेर एक अर्ब ४० करोड युरो ९करिब एक अर्ब ५० करोड अमेरिकी डलर० पुगेको छ ।
डब्लिनस्थित राष्ट्रिय ध्वजा बहाकले कोरोनाभाइरसका कारण जारी लकडाउन हटाएपछि आफ्नो अघिल्लो आर्थिक वर्ष २०२१÷२०२२ मा घाटा कम गरेको थियो ।
“पछिल्लो एक वर्षमा हामीले कोभिड–१९ पछिको सुधारलाई निकै सशक्त देखेका छौँ,” प्रमुख कार्यकारी माइकल ओलेरीले आम्दानीसँगै प्रकाशित भिडियो टिप्पणीमा भन्नुभयो ।
उहाँले भन्नुभयो, “मानिसहरू दुई वर्षदेखि थुनिएका छन् र उनीहरू यात्रामा फर्कन चाहन्थे । कम्पनीको आर्थिक आर्जनले पर्यटक आवागमनमा भएको सुधारलाई पुष्टि गरेको छ ।”
इटाली, पोल्याण्ड, आयरल्याण्ड, स्पेन र युरोपका अन्य स्थानहरूमा ‘बलियो बजार हिस्सा वृद्धि’ भएको रिपोर्टपछि भाडाबाट राजस्व दोब्बरभन्दा बढी १०।८ बिलियन यूरो सङ्कलन भएको थियो ।
एयरलाइन्सको यात्रुहरूको चाप दर १० प्रतिशतले बढेर कोभिड पूर्वको ७४ प्रतिशत प्रतिशतको अवस्थामा पुगेको छ । कम्पनीले यो बर्ष १६ करोड ८० लाख छ हजार ७४ यात्रु बोकेको जनाएको छ ।







