Share Icon

एजेन्सी । भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिन थालेको हो ।

पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् ।

दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमणदर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।

 

Facebook Comments Box

Share Icon