वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं, अध्यक्ष गुरुङ
♥ हस्ता विष्ट
२५ फागुन, काठमाडाैँ । तनहु जिल्लाको भानु नगरपालिका वडा नंं. ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तुल कुमार गुरुङ ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ ।
वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, तटबन्धन, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।
वडा अध्यक्ष गुरुङले भन्नुभयो, ” वडामा सडकको स्तरउन्नति गर्दै नाली बाटो बनाउने योजनामा रहेको र गारेटो बाटो सम्पन्न भएको छ । ”
त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयमा मर्मत सम्भार गर्ने र विद्यालयको भवन निमार्ण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
कृषिको क्षेत्रमा मध्यनजर गर्दै वडामा स्वास्थ्य चौकीको भवन निमार्णको लागि संघ र प्रदेशसंग समन्वय गरेर काम अगाडि बढाईरहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।
त्यसै गरी महिला तथा लक्षित वर्ग समेट्दै विभिन्न सिपमुलक तालिमको व्यवस्था गरेको उहाँले बताउनु्भयो । खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि बृृहत रुपमा काम अगाडि बढाईरहेको उहाँले जानकारी दिनुभयो ।
युवाहरुलाई लक्षित गर्दै वडास्तरीय विभिन्न खेलकुदहरु सम्पन्न गरेको उहाँको भनाई छ । त्यसै गरी विद्युतको क्षेत्रमा विद्युतको पहुच नपुगेको ठाउँमा पोलको मर्मत सम्भार गर्ने योजनामा रहेको उहाले प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







