Share Icon

  • ♦ध्रुब कार्की

११ फागुन, काठमाडाैँ । काठमाण्डौँको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको तादी गाउँपालीका साबिकको ५ वटा गा. बि. स ( उर्लेनि, रालुका देबि, खरानीटार, सुन्दरादेबि, नर्जामण्डप) मिलाएर बनेको हो । यस गाउँपालिकाकाे केन्द्र, साबिकको खरानीटार गा. बि. स मा रहेको छ । ।

तादी गाउँपालिका स्थित वडा नम्बर २ का बच्चुराम तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर तादी गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “म अघिल्लो कार्यकालमा जनताहरुको पिर मर्का बुझेर समस्याहरुको समाधान गर्दै वडाबासीहरुलाई निरन्तर रुपमा साथ र सहयोग गरि जनताहरुले अपेक्षा गरेका विकासका योजनाका कामहरु पनि सम्पन्न गरेकोले फेरी म उहाँहरुको मन मुटुमा बसेर पुनः स्थानिय तहको निर्वाचनमा निर्वाचित हुन सफल भएको छु ।”

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

पछिल्लो समय तादी गाउँपालिका स्थीत वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

वडा अध्यक्ष तामाङले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा सडक र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउन लागी विद्यालयहरुमा शिक्षकहरुको व्यवस्थापन गर्दै हामी लागि परीरहेका छौँ ।”

वडामा रहेका गर्भवती महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै वडामा बर्थीङ सेन्टर स्थापना गर्ने र वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवागा्रहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै खानेपानीको ट्याङ्कीहरु निर्माण गर्ने कामहरु भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई अनुदान दिने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई बजेट विनीयोजन गरेसँगै सिपमुलक तालिम तथा कार्यक्रमहरु प्रदान गर्ने योजना बनाएका छौँ ।”

उहाँ अघिल्लाे कार्यकालमा पनि निर्वाचीत भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेको समस्यालाई सामाधान गर्दै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो अघि बढाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon