सडक र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौंः अध्यक्ष तामाङ
♦ध्रुब कार्की ११ फागुन, काठमाडाैँ । काठमाण्डौँको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको तादी गाउँपालीका साबिकको ५ वटा गा. बि. स ( उर्लेनि, रालुका देबि, खरानीटार, सुन्दरादेबि, नर्जामण्डप) मिलाएर बनेको हो । यस गाउँपालिकाकाे केन्द्र, साबिकको खरानीटार गा. बि. स मा रहेको छ । । तादी गाउँपालिका स्थित वडा नम्बर २ का बच्चुराम तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर तादी गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । वडा अध्यक्ष तामाङले भन्नुभयो, “म अघिल्लो कार्यकालमा जनताहरुको पिर मर्का बुझेर समस्याहरुको समाधान गर्दै वडाबासीहरुलाई निरन्तर रुपमा साथ र सहयोग गरि जनताहरुले अपेक्षा गरेका विकासका योजनाका…
