Share Icon

♦जि बिष्ट 

२१ चैत्र, काठमाडाैं । माण्डवी गाउँपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । माण्डवी गाउँपालिकास्थित वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष धनेन्द्र कार्की।

जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा माण्डवी गाउँपालिका वडा नम्बर ३ मा वडा अध्यक्षमा जित्न सफल धनेन्द्र कार्की वडा अध्यक्ष हुनुहन्छ।

यस अघिको २०७४ सालमा निर्वाचनमा ६४ मतले पराजित हुनुभएको कार्की निरन्तर रुपमा समाज सेवामा लागी रहनुभयो । विकास र जनले कार्कीलाइ २०७९ सालको निर्वाचनमा मन र मत दुवैले निर्वाचित गरे ।

आधा, अधुरा रहेका विकास निर्माका कार्यकाहरु साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ।

वडा अध्यक्ष धनेन्द्र कार्कीले भन्नुभयो, “ शिक्षा, स्वास्थ्य,खानेपानी, कृषि , जनचेताना, तथा बाटोघाटोका योजना तथा कार्यक्रमहरू परिषदमा पेस गरेका थियौ पास भएका छन् ।” उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै गरेकाे उल्लेख गर्नुभयाे साथै वडा अध्यक्ष कार्कीले वडामा अहिले  ९० प्रतिशत काम सकेका जानकारी दिनुभयाे ।

शिक्षा, स्वास्थ्य,खानेपानी आदि क्षेत्रमा विशेष पहल वडामा चालेको हुनाले वडाका स्थानियले राहतको महशुस गरेको वडा अध्यक्ष कार्कीले उल्लेख गर्नुभयाेे ।

उहाँले थप्दै भन्रुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। ”   जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने  वडा अध्यक्ष कार्कीले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा व्यवसायमा आबद्ध रहनुभएका कार्कीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष कार्कीले वताउनुभयो।

उहाँले भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।”

उहाँले थप्दै भन्नुभयो,  ‘प्रत्यक शनिवार जनताकाे चुलोचौकामा जनप्रतिनिधि कार्यक्रम  वडामा गरेको उल्लेख गर्दै वडा अध्यक्ष कार्कील भन्नुभयो, जितिसकेपछि जनप्रतिनिधि स्थानिएको घर दैलोमा आउँदैनन र समस्या समाधान गर्दैनन भन्ने सोचको अन्ते गर्ने मनसायले म स्वंय स्थानिएको घरघरमा गएर उहाँहरुको पिर मर्का के छ भनेर स्थानियसंग प्रत्येक शनिबार चुलोचौको कार्यक्रममार्फत  घरदैलोमा पुगिरहेकाे छु ।”

वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘व्यक्तिगत धटनादर्ता धरदैलोमा गएर गरिरहेका छौ ।  मलै पाउने सेवा सुविधाबाट व्यक्तिगतरूपमा विभिन्न सहयोग गर्दै आएको छु केही हदसम्म राहतको महसुुस गरुन स्थानियले साथै वडावाट विनियोजित वजेटमा जनप्रतिनिधिको अनिवार्य १ दिनको जनश्रमदान कार्यक्रम गरिरहेका छौ  तथा वडामा अन्तर जातिय बिवाह गरेमा सम्मान कार्यक्रम समेत गर्दै आएका छौ ।’

मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं । सामाजिक सुरुक्षा भत्ता वडाबाट बितरण सुरु गरेको वडा अध्यक्ष कार्कीले वताउनुभयो ।

वडा अध्यक्ष धनेन्द्र कार्की तस्बिर 

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ रु के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी स्थानीय वासीको कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं ।

समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं । प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना चापाकोटलाई समृद्ध र सुन्दर नगरपालिका बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो  ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

यस वडाकाे जम्मा वजेट २९ लाख ३३ हजार रहेकाे छ । विकास याेजनातर्फ २१ लाख तथा चालु वडा संचालन तर्फ ८ लाख ३३ हजार वजेट विनियाेजन गरेकाे वडा सचिव माधवा घिमिरेले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon