Share Icon

♠ हस्ता विष्ट

१८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दुर्गा बहादुर बुढाथोकी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा दुर्गा बहादुर बुढाथोकी ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष बुढाथोकी अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

बेसीशहर नगरपालिका वडा नं. १ मा जम्मा बजेट ६३ लाख ४० हजार बजेट बिनियोजन गरेको वडा सचिव सभ्यता गौतमले बताउनुभयो ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष बुढाथोकी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयोे ।

वडा अध्यक्ष बुढाथोकीले भन्नुभयो, ” बाटो सडकलाई पहिलो प्राथमिकता दिदै मोटर बाटोको स्तर उन्नति गर्ने, बाटो ग्राभेल गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा कृषि र पशुलाई लक्षित गर्दै वडामा धान कुटने मिलको निमार्ण गरेको र मौरी पालनलाई व्यवसाय बनाउनको लागि मौरीको घार वितरण गर्ने योजनामा रहेको वडा अध्यक्ष बुढाथोकीले प्रष्ट पार्नुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयमा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा गर्भवति महिलाहरुलाई पोषणको व्यवस्था गरेको उहाँको भनाई छ । खानेपानीको क्षेत्रमा घरघरमा धाराको निमार्ण गर्ने योजनामा रहेको छ ।

त्यसै गरी युवा तथा बालबालिकाहरुलाई लक्षित गर्दै युवा क्लवको गठन गरेर युवा सशक्तिकरणका विभिन्न कार्यक्रमहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon