Share Icon

♠ हस्ता विष्ट
१८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

बेसीशहर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो,  ” बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने र सिढी बाटो बनाउने काम सम्पन्न भएको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो । विभिन्न सरसफाईका कार्यक्रमहरु सम्पन्न भएको उहाँले बताउनुभयो ।

त्यसै गरी कृषिको क्षेत्रमा विभिन्न तरकारी तथा मकैको विउँ विजन वितरण गरेको र मौरी पालनलाई व्यवसायमय बनाउने योजनामा रहेको वडा अध्यक्ष गुरुङको भनाई छ ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्न वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक सामाग्रीको व्यवस्था गर्न र अन्नपुर्णकप सञ्चालन गर्न वडाबाट बजेट बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा सुत्केरी महिलाहरुको लागि पोषण कार्यक्रम राखेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्ष गुरुङले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु धेरै रहेका छौ , ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon