वडा अध्यक्ष कपको उपाधि टक्सार टाेललाई

Share Icon

१८ फागुन,  काठमाडाैं । दाेर्दी गाउँपालिका ९ नम्वर वडा कार्यालयले आयोजना गरेको वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि टक्सार टाेलले हात पारेकाे छ ।

फाईनलमा थाम टाेलकाे टिमलाई टक्सार टाेलकाे टिमले ४ काविरुद्ध ५ गोल गर्दै उपाधि हात पारेकाे हो । थाम टाेलकाे टिम द्वितिय स्थान हात पारेकाे वडा अध्यक्ष आशिष तामाङले बताउनु भयाे ।

उहाँका अनुसार प्रथम भएकाे टक्सार टाेलकाे टिमलाई २५ हजार नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे छ।

वडा अध्यक्ष तामाङले द्वितिय स्थान हात पारेकाे थाम टाेलकाे टिमलाई १५ हजार नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे बताउनु भयाे । वडा अध्यक्ष कप फुटवल प्रतियोगितामा वडा भित्रका १० टाेलका १० टिमका सहभागिता रहेको थियो ।

यसैविच एक औपचारिक कार्यक्रम गरी प्रतियोगिताको समापन गरिएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता, पालिका अध्यक्ष युवराध अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष कपमा सहभागी खेलाडीहरूकाे टिमलाई खेल्ने क्रममा लगाउने जर्सी वितरण गरिएकाे हाे । वडा अध्यक्ष तामाङले १० वटै टाेलबाट साहभागित जनाएका टिमलाई एक सय वटा जर्सी वितरण गरिएकाे बताउनु भयाे ।

वडा अध्यक्ष तामाङले वडामा रहे्का खेलाडी प्रेमी युवाहरूलाई खेल क्षेत्रसँग जाेड्न प्रथम वडा अध्यक्ष फुटबल कप सञ्चाचालन गरिएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’ वडा, पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय खेलाडीसम्म बनाउन सक्ने हाम्राे कार्यालयकाे लक्ष्य रहेकाे छ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.