अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( कान्तिकारी ) पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
◊सागर परियार
बर्दिया राजापुर । बर्दिया राजापुर नगरपालिका मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( कान्तिकारी ) पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथिती नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दुर्गा बहादुर थारु रहनुभएकाे थियाे ।
प्रमुख अथिति थारुले कार्यक्रममा बाल्दै भन्नुभयाे, ‘ अब विद्यार्थीहरुले नै हो परिवर्तन गर्ने पढेलेखेकाहरूकाे आवश्यकता छ राजनितिमा त्यसैले अब राजनीतिमा आउन आवश्यक रहेको बताउनुभयाे ।
उहाँले थप्दैभन्नुभयाे ‘अब यस अमर सहिद बहुमुखी क्याम्पमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अब आफ्नो पक्षमा ल्याउनका निमित्त सबैले आ- आफ्नो क्षेत्र बाट सहयोग का साथै अहम भुमिका निर्वाह गर्नपर्ने छ ।’
उक्त कार्यक्रममा राजापुर नगरकमिटी अध्यक्ष चिन्तामणी आचार्य विद्यार्थी नेता रेशम अधिकारी लगायत विभिन्न कमिटीबाट उपस्थित रहेकाे थियो । कार्यक्रममा विद्यार्थीहरू तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सन्चालक कृपालाल थारुले गर्नु भएको थियो ।










