१९ वैशाख,काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराउनुभएको हो ।
यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो । उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसक्नुभएको छ ।
Facebook Comments Box
Related posts:

नेपाल तेस्रो देशका नागरिकहरूको अखडा बन्यो : सांसद पन्त

खेलमा राजनीतिको छाया : आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन मानेनन्

कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार रासस अध्यक्ष झालाई

जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई सरकारले दुई लाख राहत दिने

