Share Icon

५ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ५ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ ।

पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा अध्यक्ष दहवा थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो ।

वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो ।

त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी याेजनाहरूकाे काम द्रुत गतिमा भइरहकाे उहाँले बताउनु भयाे । त्यस्तै वडाको रगं रोगन र नालीको पुन: निमार्णको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थारुले बताउनुभयो ।

उहाँले भन्नुभयाे, उपभोक्ता समितिमार्फत वडामा बाटो ग्राभेल गर्ने काम भइरहेकाे छ।’ उहाँले वडालाई समृद्ध बनाउने लक्ष्यका साग विकास निमार्णका कामहरू भइरहेकाे बताउनु भयाे ।

बासगढी नगरपालिका वडा नं.५ लाई नमुना वडाको रुपमा स्थापित गर्न वडा अध्यक्ष थारु अहाेरात्र खटिरहनु भएकाे छ ।

त्यस्तै यस वडामा छाडा चौपायहरुको निकै समस्या रहेको र उक्त समस्या समाधानको लागि पहल गरिएकाे उहाँले बताउनु भयाे ।

फोहोर व्यवस्थनपनको लागि वडामा जंगलको एक छेउमा खाल्डो खनेर फोहोर फाल्ने व्यवस्था गरिएकाे वडा अध्यक्ष थारुले बताउनुभयो ।

उहाँले यस वडालाई कृषिमा पहिलो प्राथमिकता दिएको र वडालाई कृषि आधुनिकिकरण बनाउने लक्ष्य राखेको वडा अध्यक्ष थारुले बताउनुभयो ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।

Facebook Comments Box

Share Icon