Share Icon

काठमाडाैं । गाेरखा जिल्लकाे आरुघाट गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्।

अहिले वडा नम्बर १० मा विकासले गति लिइरहेकाे छ । विकासकाे काम वडा अध्यक्ष श्रेष्ठलाई वडावासीहरूले श्रमदानकाे रूपमा सघाइ रहेका छन् ।

उहाँको याे श्रमदान अभियानमा अधिकांश वडावासी सहभागी भएका छन्।

वडा अध्यक्ष सन्जित श्रेष्ठले फुल्पाति भञ्ज्याङ सडक ढलान योजनामा उपभोक्तासमितिमा सहभागी स्थानीयवासीहरूले श्रमदान गरिरहेकाे बताउनु भयाे ।

उहाँका अनुसार वडावासी २ दिनदेखि श्रमदान गरिरहेका छन् ।

Facebook Comments Box

Share Icon