Share Icon

२५ चैत्र, काठमाडौ। लुम्बिनी प्रदेश रोल्पा जिल्लामा अवस्थित साबिकको सिर्प गाउँ विकास समिति वडा नं ३,५ र ७ लाई समायोजना गरि हालको लुङ्ग्री गाउँपालिका वडा नं ३ बनाईएको हो । यस वडामा अधिकांश क्षेत्री तथा मगर समुदायको बसोबास रहेको छ ।

यो वडाको वडा कार्यालय नम्जामा पर्दछ जुन समुन्द्र सतह देखि १४१४ मि. उचाईमा अवस्थित छ । यस वडामा अधिकांश क्षेत्री तथा दलित समुदायको बसोबास रहेको छ  । यी समुदाय बाहेक ब्राहमण जातिको पनि बसोबास रहेको छ।

लुङ्ग्री गाउँपालिकामा वडा नं. ३ का वडा अध्यक्ष नेम बहादुर खड्काले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो। लुम्बिनी प्रदेश लुङ्ग्री गाउँपालिका रोल्पा जिल्लास्थित लुङ्ग्री गाउँपालिका वडा नम्बर ३ को अहिले विकासले मुहार फेरिएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् । वडा अध्यक्ष नेम बहादुर खड्का।

विगत २०५२ सालबाट निरन्तर रुपमा समाज सेवामा आबद्ध रहनुभएको खड्का अहिले ६१ वर्षकाे पुगी सक्दा पनि  स्थानिय प्रतिकाे माया तथा विकास निर्माणमा निरन्तर आफ्नो जिवन समाज सेवामै बेतित गर्न चाहेकाे कुरा उल्लेख गर्नुभया ।

उहाँले भन्नुभयो , ‘म बिहान ७ बजे वडा कार्यालय पुग्छु कसरि हुन्छ म मेरा वडाबासीका हरेक समस्याहरू सहज गर्न  अहोरात्र खटिरहेको छु । समाज सेवामा जिवन वेतित गर्न चाहान्छु ।’

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन् ।

यसअघिको कार्यकालमा भएको विकासका कारण जनताले यसपालि पनि खड्कालाई जिताएका हुन् । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष नेम बहादुर खड्काले वडा खबरसँग कुरा गर्दै उहाँले अहिले निर्वाचित भएको १ वर्षको अवधिहुदै गर्दा चालु आर्थिक वर्षको बजेटबाट सतप्रतिशत काम गरेर सकेको बताउनुभयो ।

उहाले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

। उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon