Share Icon

२९मंसिर, काठमाडौं । बर्दियाको राजापुरस्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राजेश थारु ।

पछिल्लाे समय यो वडामा अधिकांश क्षेत्रमा परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ ।

वडाध्यक्ष थारुले भन्नुभयाे, ‘हामी निर्वाचित भइसकेपछि अघिल्लो आर्थिक वर्षमा बाँकी रहेकाे याेजना तथा कार्यक्रमहरु राम्राे तरिकाले सम्पन्न गरेका छाैँ।’

उहाँले छोटो समयमै अघिल्ला वर्षका बचेका योजनाहरु हामीले हतारका बिचमा एकदमै सकारात्मक तरिकाले सम्पन्न गरेकाे बताउनु भयाे । उहाँले अघिल्ला वर्षमा बाँकी रहेका बाटाेघाटाेका काम पनि सफलतापूर्वक सम्पन्न गरिएकाे स्पष्ट पारे ।

उहाँले भन्नुभयाे, ‘हामी आइसकेपछि अब नयाँ योजनाहरु बनाउने क्रममा गाउँ, गाउँमा गएर स्थानीयहरुसँग प्रत्यक्ष रुपमा छलफल गरेर उहाँहरुले माग गरेका योजनाहरु हामीले नगरसभामा प्रस्तुत गरेका छाैँ,  उहाँहरुले माग गरेका अधिकांश याेजनाहरु कार्यक्रममा समेटने हामी प्रयास गरेका छाैँ।’

वडाध्यक्ष थारुले वडाखबरसँग कुरा गर्दै भन्नुभयाे, अघिल्ला वर्षमा बाँकी रहेका कार्यक्रम तथा याेजनाहरुलाई गति दिँदै नयाँ योजनाहरुमा पनि ध्यान केन्द्रित गरेका छाैँ।’

उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर अघि बढाइएका सडक, स्वस्थ्य, शिक्षा, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासका कार्यहरु रफ्तारका साथ अघि बढाइएकाे बताउनु भयो।

उहाँले भन्नुभयाे, ‘महिला र शिक्षालाई विशेष जोड दिएकोले प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलापहरुका लागि वडाबाट बजेटहरु निर्धारण गरेका छौँ, शैक्षिक विकासको लागि हामीले शिक्षकहरुलाई प्रोत्साहनमुलक असल शिक्षक, कुशल शिक्षक भनेर कार्यक्रम बनाएका छाैँ।’

महिलाको सवालमा यहाँको महिलाहरुमा चेतनाको स्तर एकदमै न्युन रहेको महिलालाई भने प्रजनन स्वस्थ्य शिक्षामा हामीले प्रमुख जोड दिएको उहाँले बताउनु  भयाे । महिलाहरुकाे लागि घरमै बसि बसि उद्यम गर्न सहज होस भनेर सिपमुलक कामहरुको योजना बनाएको समेत उहाँले जानकारी दिनु भयो ।

तपाईं निर्वाचित भएर आइसकेपछि वडाका कार्य गर्न कतिको सहजताको अनुभव गर्नु भएको छ भन्ने हाम्राे प्रश्नमा उहाँकाे उत्तर

म निर्वाचित भएर आइसकेपछि एउटा बिडम्बना हामीलाई कही कतैबाट वडाका गतिविधि र कानुनका विषयमा परामर्शमुलक तालिम आयोजना भएन । सुरुमा धेरै गाह्रो भयो अन्योलको स्थित रहेको थियो, के गर्ने ? कसो गर्ने ? भनेर । पछि २ दिनकाे तालिमले काम गर्न धेरै सजिलाे भयाे।

त्यस्तै राजापुरका नगरपालिकाका नगर प्रमुख दिपेश थारुले वडा खबरसँग कुरा गर्दै भन्नुभयो, ‘हाम्रो राजापुर नगरपालिकाका वडामा निर्वाचित जनप्रतिनिधिलाई पुससम्म तालिमको दिने वातावरण बनाइएकाे छ।’

Facebook Comments Box

Share Icon