Share Icon

१६ असाेज, काठमाडाैं । राप्ती सोनारी गाउँपलिकाकाे जनसंख्याको हिसाबले नेपालकै सबै भन्दा ठूलो गाउँपालिका हो ।

साेही गाउँपालिकाकाे जनसंख्या– ५९ हजार ९ सय ४६ रहेकाे छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलाेमिटर रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । गा.पा मा समावेश भएका साविक गा.वि.स. हरुः–खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी रहेका छन् ।

राप्ती सोनारी गाउँपलिका-४ का वडा अध्यक्ष मिनराज खड्काले दशैं-तिहारपछि विकास निर्माणका काम सुरू हुने बताउनुभएकाे छ। सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरकाे सुधार गर्ने प्रयास भइरहेकाे र विषयगत शिक्षककाे अभाव रहेकाे पनि उहाँले बताउनुभयाे । गणित, विज्ञान र अग्रेजी विषयका शिक्षककाे दरबन्दीकाे व्यवस्था गरिएकाे पनि उहाँले  जानकारी गराउनुभयाे । साेही वडामा शिक्षक समितिकाे पनि गठन भएकाे उहाँकाे भनाइ छ।

साेही वडाका १० वटा टाेलमा खानेपानीकाे समस्या भएकाे तर अब छिट्टै अन्त्य गर्ने याेजना रहेकाे उहाँले बताउनुभयाे । साथै विद्युतकाे केन्द्रीय लाइन ८ वटा टाेलमा पुग्न बाँकी रहेकाे पनि उहाँले बताउनुभयाे । १६ टन क्षमताकाे  शित भण्डारण स्थापना गरेकाे पनि उहाँले जानकारी गराउनुभयाे । यस वडामा भएका मठ-मन्दिरलाई संरक्षण र व्यवस्थापन गरेर पर्यटकीय क्षेत्र बनाउने याेजना रहेकाे उहाँले बताउनुभयाे ।

साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । आधुनिक तरिकाले खेती  लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे । यसै वडामा औद्योगिक ग्राम पनि भएकाे उहाँले बताउनुभयाे ।

वैदेशिक राेजगारीमा जानबाट युवा वर्गलाई राेक्नका लागि पनि पहल भइरहेकाे अध्यक्ष खड्काले बताउनुभयाे।साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ४ लाई पालिकाले ८५ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे । आर्थिक र सामाजिक विकास भएमा मात्र विकास  निर्माणले गति लिने उहाँकाे तर्क छ ।

अन्त्यमा  निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे उहाँकाे दावी छ ।

Facebook Comments Box

Share Icon