गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच सहकार्य

Share Icon

♦आलोक भावुक 

२४ माघ,गढवा।  गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने बिपद् लगायतका अन्य क्षेत्रमा पनि पालिका र रेड्क्रस कसरी समन्वय सहकार्य गरेर अघि बढ्ने बारेमा छलफल भएको पालिका ले जनाएको छ ।

नेपाल रेड्क्रस सोसाइटी हर बिपद् लगायतकाको काममा स्थानीय सरकार संग हातेमालो गरेर हरेक गतिविधि गरिरहेको छ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल विश्वासु ले नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेकोले थप साथ सपोर्ट र सहकार्य गर्न पालिका सदैव तयार रहेको बताउनुभयो।

रेडक्रसले विपद् पूर्वतयारी स्वरूप विभिन्न स्तरका तालिम दिनुका साथै समुदायस्तरका स्वयम सेवकहरू उत्पादन गरी उपशाखामार्फत् सेवा प्रदान गर्दै आइरहेको बताउदै गढवा गाउँपालिका नेपाल रेड्क्रस संग हरेक काममा सहकार्य, सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

छलफल कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,डेनिस रेड्क्रसका कन्ट्री म्यानेजर डिबिड फकदेन, डेनिस प्रतिनिधि सुभद्रा देवकोटा, नेपाल रेड्क्रस सोसाइटी केन्द्रीय सदस्य

रुद्र अधिकारी, सन्तोष अधिकारी, बिनिता ढुङ्गेल, मधुकर श्रेष्ठ, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, नेपाल रेड्क्रस सोसाइटी दाङका जगत तामाङ, मातृका जोशी, थानेश्वर पोख्रेल, लक्ष्मण निरौला लगाएतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.