खानेपानी र सडकलाई प्राथमिकतामा राखेर अघि बढ्दै वडा अध्यक्ष खड्का

Share Icon

११ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित जिरी नगरपालिका वडा नं. ६ का मरिज बहादुर खड्का गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जिरी नगरपालिका वडा नं. ६ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय जिरी नगरपालिका वडा नं. ६ ले विकासको फड्को मारिहेको छ । उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

जिरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्काले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

वडा अध्यक्ष चौधरीले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकता खानेपानी र सडकलाई दिदैँ वडा नम्बर ६ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

उहाँले गत वर्षको वार्षिक बजेटअनुसार विशेष प्राथमिकता खानेपानी र सडकलाई दिएसँगै सडकहरुलाई निर्माण तथा मर्मत लगाएत खानेपानीहरुको ट्याङकी र विकास योजनाका भौतीक पुर्वाधारहरुको कामहरु भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुको लागी यो वर्ष वडाबाट कुनै कार्यक्रमहरु राखेका छैनौँ, गत वर्ष हामीले विकासका कामहरुमा ध्यान केन्द्रित गरेका छौँ ।”

शिक्षा क्षेत्रमा आवश्यकताअनुसार बजेट विनीयोजन गरीएको उहाँले बताउनुभयो ।

त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकाले नै आयोजना गरेर योजनाका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.