Share Icon

२६ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्लामा अवस्थित पालुङटार नगरपालिका वडा नं.१ का वडा अध्यक्ष कृष्ण बहादुर परियार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर दोस्रो पटक अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष परियारले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर परियार ।

वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर जाडोको बल्याङकेट वितरण गर्ने कामहरु सम्पन्न भएको अध्यक्ष परियारले बताउनुभयो । त्यस्तै महिलाहरुको लागि अचार बनाउने तालिम सम्पन्न गरेको , अपांगहरुलाई झोल साबुन बनाउने तालिमहरु पनि सम्पन्न गरेको उहाँले प्रष्ट पार्नुभयो ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि विद्यालयको बेला बेलामा अनुगमन गर्ने, कक्षा १० का विद्यार्थीहरुको लागि होस्टेलको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा विशेष जोड दिदै बारै महिना सुत्केरी महिलाहरुको लागि एम्बुलेन्सको व्यवस्था गरेको र मामृशिशु स्याहारको लागि बजेट विनियोजन गरेको अध्यक्ष परियारले बताउनुभयो ।

खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि बृहत रुपमा ठुला ठुला टयाङकीको निमार्ण काम भईरहेको छ ।

कृषिको क्षेत्रमा बेमौसमी तरकारीहरुको तालिमको आयोजना गर्ने , कृषि फर्म खोल्ने र यो वडामा सबै भन्दा मुख्य समस्या भनेको बादरले अन्न बाली नष्ट गर्ने, उक्त बादर नियन्त्रणका लागि औजारको व्यवस्था गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon