Share Icon

२० पाैष, काठमाडाैं ।   जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ ।

यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ ।

 जोसीपुर गाउँपालिकामा वडा २ मा  निर्वाचित भएपछि अघिल्लो आर्थिक वर्षका केही काम गर्न बाकी भएको कामहरु हामीले सम्पन गरेको वडा अध्यक्ष बिष्णु प्रसाद डगौरा जनकारी दिनुभयो ।

 नयाँ योजनाहरु बनाएकाे पहिलेका कार्यलाई गति दिदैँ नयाँ योजनाहरुलाई तिब्र गति दिने वडा अध्यक्ष  डगौराले वडा खवरसंग कुरा गर्दैे बताउनुभयो ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाएकाे सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै योजना पास भएको अब रफ्तारमा कार्य गर्ने वडा अध्यक्ष डगौराले बताउनुभयो

उहाले भन्नुभयाे,  ‘बैंकमा धेरै दु:ख देखे वडाबाट नै जेष्ठनागरीकलाई बृद्धभत्ता बितरण गर्न वतावरण तयार गरेको छु ।’

सिसि क्यामरा समेत टोलमा जडान गरेको छु वडा अध्यक्ष डगौराले बताउनुभयो। कृर्षी र शिक्षालाई बिशेष जोड दिएर बजेटहरु निर्धारण गरेको  र शैक्षिक कार्यक्रम बनाएको अब चाडै

कार्यन्यन गर्न ,शिक्षामा प्रमुख जोड दिएको र घरमै बसि बसि उद्मम गर्न सहज होस भनेर सिपमुलक कामहरुको योजना बनाएको समेत जानकारी दिनुभयो।

त्यस्तै उहाँले भन्नुभयो, ‘वडामा धेरै योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको छ।, मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।’

Facebook Comments Box

Share Icon