वडा अध्यक्षद्वारा निर्माण सम्पन्न तथा निर्माण चरणमा रहेका योजनाहरुको स्थलगत अनुगमन

Share Icon

काठमाडाैं । बागमती प्रदेशको सुर्यगढी गाउँपालिका वडा नम्बर १ को अहिले विकासले मुहार फेरिएको छ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राज कुमार तामाङ।

विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँ निरन्तर लागिरहनु भएको छ ।

यसअघिको कार्यकालमा भएको विकास निर्माणका बाँकी कार्यहरूलाई पनि वडा अध्यक्ष तामाङले निरन्तरता दिइरहनु भएको छ ।

साेही क्रममा वडा अध्यक्ष तामाङले साबिक ५ सल्लेन्डाडामा नियमित घुम्ती सेवा सञ्चालन गरी सेवाग्राहीहरुलाई सेवा प्रवाह गरिएकाे बताउनु भयाे ।

त्यस्तै उहाँले आर्थिक वर्ष २०७९/८० मा वडामा निर्माण सम्पन्न तथा निर्माण चरणमा रहेका योजनाहरुको स्थलगत अनुगमन र समेत गर्नु भएकाे छ ।

उहाँले संग्रहालय भवन, बरादी बस्तीटाेलमा पक्की सिढी, अम्बडे सिंचाइ आयोजना र फलामे पुल निर्माण लगायत याेजनाहरूकाे अनुगमन गर्नुभएकाे छ ।

अनुगमनमा वडा अध्यक्ष रन्जित, वडा सदस्य रबिन्द्र तामाङ र वडा सचिव दिनेश श्रेष्ठकाे सहभागित रहेकाे थियाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.