Share Icon

५ वैशाख,एजेन्सी । उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बताएको छ ।

बैठकले चीनको गम्भीर अडान र वस्तुनिष्ठ तग्थलाई वेवास्ता गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा द्वेषपूर्णरूपमा चीनको निन्दा र बदनाम गरेको बेइजिङले बताएको हो ।

जी–सेभेनका विदेशमन्त्रीहरूले ताइवान, पूर्वी तथा दक्षिण चीन सागर, सिनजियाङ र तिब्बतसँग सम्बन्धित विषयका बारेमा चिन्ता व्यक्त गर्दै जारी गरेको संयुक्त विज्ञप्तिबारे चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले जापानलगायत समूहको आलोचना गर्दै अहङ्कार, पूर्वाग्रह, चीनको विरोध एवम् दमन गर्ने दुष्ट मनसायबाट विज्ञप्ति जारी भएको बताए ।

संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै प्रवक्ता वाङले त्यसको विरोध गरे । साथै उनले ताइवान चीनको अविभाज्य भाग भएको दोहो¥याए । आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो ।

सत्तरी वर्षअघि आफूबाट अलग भएको यसलाई चीनले आफ्नै प्रान्तका रूपमा लिएको छ भने स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ । राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ

Facebook Comments Box

Share Icon