५ वैशाख,एजेन्सी । ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार मस्कोका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर वासिङ्टनले गरेको आलोचनाको ब्राजिलले अस्वीकार गरेको हो ।
चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्कनुभएका ब्राजिलका राष्ट्रपति र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभसँगको भेटवार्तामा पनि उहाँले चीन र मध्यपूर्व भ्रमणका बेला ‘युक्रेन युद्ध अन्त्य तथा त्यहाँ शान्ति स्थापनाका निम्ति अमेरिकाले प्रयास गर्नुपर्ने’ मा जोड दिनुभएको थियो ।
युक्रेनमा युद्ध स्वयम् किएभले नै निम्त्याएको उहाँको कथनप्रति अमेरिकाले आपत्ति जनाएको थियो । वासिङ्टनले राष्ट्रपति लुला चीन र रुसका समर्थक भएको आरोप लगाएको छ । मस्कोमाथि प्रतिबन्ध लगाउने तथा किएभलाई सुदृढ पार्ने अन्तरराष्ट्रिय प्रयास तथा विशेष गरी पश्चिमा राष्ट्रका कदमप्रति राष्ट्रपति लुलाले गर्नुभएको टिप्पणीबाट अमेरिका रुष्ट भएको छ ।
युक्रेन युद्धलाई लिएर चीन तटस्थ देखिए पनि मस्कोसँगको बेइजिङको साझेदारी कायम छ । बेइजिङ मस्कोमाथि प्रतिबन्ध लगाउने नीतिको विपक्षमा छ । युक्रेनमा शान्ति कायम गर्न मध्यस्थता गर्ने प्रयासस्वरुप केही साताअघि बेइजिङले शान्ति स्थापनाको मार्गचित्र पनि प्रस्तुत गरेको थियो ।
करिब एक महिनाअघि रुस भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चीनफिङले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताउनुभएको थियो । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुएको थियो ।
Related posts:

तिब्बती युवालाई पीएलएले थाल्यो अनिवार्य सैन्य भर्ती, परिणाम भयानक

लोकतान्त्रिक प्रणालीहरुलाई निस्तेज बनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी

चिनियाँ सेनाद्वारा एसिया-प्रशान्त क्षेत्रमा अमेरिकी सेनालाई रोक्न खतरनाक कारबाही गरिरहेको छ : रिपोर्...

अवैध रूपमा अमेरिका छिर्ने चिनियाँ नागरिककाे संख्या ह्वात्तै बढ्याे

