खानेपानि बाट वञ्चित स्थानियको आफ्नै पिडा, अस्थायी पाइप बितरण
♥गाेमा विष्ट
९ फागुन, काठमाडाै । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन।
वडा नम्बर १ का वडा अध्यक्ष बिरमान बि.क भन्नुुहुन्छ, ‘यस गाउँपालीकामा रहेकाे वडा नम्बर १ मा अहिले पनि खानेपानि बाट बन्चित स्थानियको आफ्नै पिडा रहको छ ।’
वडाबाट पर रहेका स्थानियलाई खानेपानिकाे कार्यक्रमले पनि समाबेशि नबनाएका स्थानियलाई अस्थाई रूपमा समाधान गर्न लागीरहेकाे खानेपानि पाइप बितरण गरेकाे वडा अध्यक्ष बि.क ले जानकारी दिनुभयाे ।
वडा नम्बर १ मा पनि कतिपय खानेपानि, सडक लगायतबाट वञ्चित वडाबासीलाई लक्षित गरेर वडा नम्बर १ का वडा अध्यक्ष बिरमान वि.क निरन्तर अहोरात्र खटिरहनुभएको छ ।
वडा अध्यक्ष बि.क थप्दै भन्नुभयाे, ‘वडा नम्बर १ मा विभिन्न समस्याका साथ साथै विकास निर्माणका कार्यबाट पछाडि परिरहेको वडामा पर्दछ । वडा कार्यालयबाट टाढा रहेका स्थानियहरू खाने पानि तथा सडक लगायत समस्याबाट निरन्तर रुपमा सास्ती पाईरहेका छन् । वडाकाे सिमीत बजेटमा हाम्रा वडाका असिमित समस्याहरू रहेका छन् । तर पनि हामी लागी परेका छाै । काहाँ सम्म सफल भईन्छ त्याे हर्न बाँकी छ । सरकारले बिकासबाट पछि परेका स्थानिय तहलाई पहिलाे प्राथमिकतामा राखेर बिकास, निर्माणका बजेट सार्वजनिक गरेकाे भए हामी दुर्गमका स्थानियलाई केेहि हदसम्म सुगमकाे अनुभुति हुने थियाै कि ?’
स्थानियलाई मध्य नजर गरेर वडाले अस्थायी रुपमा भएपनि खानेपानिको समस्या अन्ते गर्न पहल थालेको वडा अध्यक्ष बिरमानले बताउनुभयो ।
वडाले हालै स्थानियले स्वच्छ पानि पिउन पाउने भनेर खानेपानि संजालदेखी टाढा रहेका स्थानियहरुलाई खानेपानि पाइप वितरण गरेको वडा अध्यक्ष बिरमान काजिले जानकारी दिनुभयो ।
स्थानियलाई केही हदम्म भएपनि सहज होस भनेर हामीले पाइप वितरण गरेको साथै अस्थायी रूपमा खानेपानि ल्याउने हाम्राे याेजना र बजेटमा रहेर गरेकाे काममा पनि स्थानिय उत्साही रहेको वडा अध्यक्ष वि.कले उल्लेख गनुभयो ।