वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु: अध्यक्ष पुन मगर
१२ चैत्र, काठमाडाैं । नौबहिनी गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको हो ।
यस गाउँपालिकाकाे वडा नम्बर ५ का जनप्रतिनिधि दलराज पुन मगर नौबहिनी गाउँपालिका २०७८ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो।
जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा नौबहिनी गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्षमा जित्न सफल दलराज पुन मगर वडा अध्यक्ष हुनुहन्छ।
सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष दलराज पुन मगरले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।
५ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष दलराज पुन मगरले बताउनुभयो।
वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा कृषिमा आबद्ध रहनुभएका मगरले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।
बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष मगरले वताउनुभयो।
“वडामा धेरै समस्या रहेकाे एक घर एक धारा छैन, विधुतकाे समस्या छ । सबै बस्तिमा बाटाे पुगेकाे छैन । हामी हाम्राे कार्यकालमा सबै समस्या समाधान गर्न लागी रहेका छाै अहिले खानेपानीलार्इ महत्वमा राखेर काम गर्दै छाै ।” वडा अध्यक्ष मगरले बताउनुभयाे ।
सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ५ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष मगरले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘ वडामा पहिलो प्रथमिकता कृषिलाई दिएर अन्य स्वास्थ्य,शिक्षा, सडक , खानेपानी आदिलाई केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
वडाका बिभिन्न गतिबिधि हुदै गरेका तस्बिर ………………..