Share Icon

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

यही फागुन १० गते बिहीवार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

Facebook Comments Box

Share Icon