Share Icon

हस्ता विष्ट

३१ वैशाख, काठमाडाैँ । साविकमालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो ।

स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित गल्याङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मुत्ति प्रसाद खनालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गल्याङ नगरपालिका वडा नं. ११ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मुत्ति प्रसाद खनाल ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष खत्री अहोरात्र खटिरहनुभएको छ ।

गल्याङ नगरपालिका वडा नं. ११ मा जम्मा बजेट पालिकाबाट ५५ लाख, नगरबाट २४ लाख र प्रदेशबाट १० लाख वजेट विनियोजन गरिएको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खनाल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष खनाल निर्वाचित हुनभन्दा पहिले शिक्षण पेशाबाट अवकास प्राप्त भए संसगै निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खनालले बताउनुभयोे ।

वडा अध्यक्ष खनालले भन्नुभयो, ‘ वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र बाटोको ट्रयाक खोल्ने कामहरु भईरहेको छ । ‘

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण गरेको वडा खनालले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजन वितरण गरेको, रासायनिक मलहरु वितरण गरेको र तरकारी खेतिको लागि टनेलहरु वितरण गरेका छौ ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेका छौ । ‘

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष खनालले बताउनुभयो ।
वडा अध्यक्ष मुत्ति प्रसाद खनालले भन्नुभयो , स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ११ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ११ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon