Share Icon

सागर परियार 

२९ माघ,काठमाडाैं ।  यति खेर  बर्दियाको राजापुर  बजार निर्माणाधिन नालीका कारण अस्तव्यस्त देिखेएकाे छ । बजार क्षेत्रमा निर्माणाधिन नाली निर्माण  कार्य निकै सुस्त भएकाे स्थानिय व्यापारीले गुनासाे गरिरहेका छन् ।

भौरा क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको सदरमुकाम जस्तै रहेको राजापुर बजारलाई व्यवस्थित ढल निकास गरी सफा गर्ने उद्देश्य साथ काम थालनी गरे पनि  यति खेर काम भने कछुवाको गतिमा भइरहेको छ ।

चाडपर्वका वेलामा सडक विस्तार र नाला वनाउने भन्दै धमाधम तोडफोड भयो । तर लामो समयसम्म पनि नाला निर्माण हुन नसकेको स्थानीय व्यवसायीको दुखेसो छ ।

निर्माणाधिन कार्याले व्यापार  भने  शुन्य भएकाे साथै निर्माण कार्य निकै सुस्त गतिमा भएकाे स्थानिय व्यापारीले गुनासाे गरेका छन् ।

खुला सीमाना र सीमावर्ती भारतीय वजारहरु नजिकै रहेकाले पनि आउन जान कुनै समस्या नरहेको राजापुर क्षेत्रका व्यापारीहरुको पिडा बढ्दै गएको छ ।

नाली निर्माणाधिन कार्याले पसलमा सामान किन्न आउने ग्रहाकका लागि बास र टिनको पुलजस्तो धराप बनाएर व्यापारिक काम गरिरहेकाे गुनासाे व्यापारीले गरेका छन् । बाटोमा निर्माण सामग्री र साधनहरु राख्दा सडक दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

Facebook Comments Box

Share Icon