वडामा खानेपानी र गोरेटो बाटोलाई पहिलो प्राथमिकतामा राखेका छौंः अध्यक्ष पाख्रिन

Share Icon

२९ माघ काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित खनियाबास गाउँपालिका वडा नं. २ का अरुण कुमार पाख्रिनले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर खनियाबास गाउँपालिका वडा नं. २ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

पछिल्लो समय धादिङ जिल्ला स्थीत खनियाबास गाउँपालिका वडा नं. २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अरुण कुमार पाख्रिन अहोरात्र खटिरहनु भएको छ ।

खनियाबास गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पाख्रिनले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर २ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

वडामा खानेपानी र गोरेटो बाटोहरुलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा रहेका युवा तथा महिला र कृषिको लागि गाउँपालिका स्तरबाटै कार्यक्रम तथा तालिमहरु गर्ने योजना रहेको जानकारी दिनुभयो ।

वडा अध्यक्ष पाख्रिनले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै शिक्षालाई गुणस्तर बनाउनका लागी हामी परीरहेका छौँ ।”

वडामा स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य चौकीबाट प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाउन र नयाँ स्वास्थ्य भवन निर्माणको विषयमा छलफल भइरहेको वडा अध्यक्ष पाख्रिनले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि कृषि पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष पाख्रिन भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा शिक्षा क्षेत्रलाई जोड दिदैँ वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई अघि बढाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.