Share Icon

हस्ता विष्ट
१६ चैत्र, काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको थियाे । उक्त नगरपालिका नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा रहेकोछ ।

साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो ।

नेपालको गण्डकी प्रदेशमा पर्ने यो नगरपालिकाको कुल क्षेत्रफल ११२.७२ वर्ग कि.मी रहेको छ । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् ।

पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही खोला पश्चिमी सिमानामा सोही राजमार्गको लोकाहा खोला, उत्तरमा १९३३.५ मिटर उचाईको देवचुली डाँडा र दक्षिणमा पवित्र नारायणी नदीको चार सिमाना भित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो ।

क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार आदि जाजजातिको बसोबास रहेको यो नगरपालिकामा हाल ८८४० घरधुरी र ४७३६८ जनसंख्या रहेको छ । जसमध्ये २३४९२ महिला र २३९६३ पुरुष रहेका छन् भने बालबालिकाको संख्या करिव १६००० छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित देवचुली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मिन बहादुर सोती मगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

देवचुली नगरपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मिन बहादुर सोती मगर ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष साेतिमगर अहोरात्र खटिरहनुभएको छ ।

देवचुली नगरपालिका वडा नं. ६ मा जम्मा बजेट नगरबाट ३३ लाख र प्रदेशबाट ३७ लाख ५० हजार बजेट विनियोजन गएिको वडा अध्यक्ष मिन बहादुर सोतीमगरले जानकारी दिनुभयो ।

वडा अध्यक्ष सोतीमगर भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष सोतीमगरले बताउनुभयोे ।

वडा अध्यक्ष सोतीमगरले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, खानेपानी र पुर्वाधारलाई दिनुका साथै शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयमा अध्यन गर्ने जेहेनदार र गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्रिहरु वितरण गरेको र भवनको निमार्ण गर्ने काम गरेका छौ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा अधिकांश टोलमा पुगिसकेको बाकी रहेको टोलमा निमार्ण गर्ने अभियानका साथ तीव्र गतिमा काम भईरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटोहरु कालोपत्रे गर्ने काम गरेका छौ । ”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई आधारभुत स्वास्थ्य सुविधाहरु उपलब्ध गराइरहेको वडा अध्यक्ष सोतीमगरको भनाई छ ।

त्यसै गरी कृषिलाई प्रर्वधन गर्दै कृषिमा आत्मनिर्भर गराउनको लागि विभिन्न तरकारीहरुको विउँ विजनहरु विजन गरेको र सिचाई गर्नको लागि कुलोको निमार्ण गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेका छौ । ” त्यस्तै वडामा युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले प्रष्ट पार्नुभयो ।

वडा अध्यक्ष सोतीमगरले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon