१ फागुन,फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।
ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिनुभयो । ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Facebook Comments Box
Related posts:

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते

दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ, १५ जना प्रहरीको नियन्त्रणमा

के कारणले बन्दैछ चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया प्रभावित ?

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

