Share Icon

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई । प्राण प्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूको लागि गौरवको क्षण हो। जय श्री राम!’

सोमबार राम मन्दिरमा अभिषेक भएको बेला नेपालका धेरै ठाउँमा दीपोत्सव भइरहेको तस्विरहरू बाहिर आएका थिए । जनकपुरधाममा साँझ दीप प्रज्वलन गरिएको थियो ।

राम मन्दिर मंगलबार पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिरमा आज बिहानैदेखि दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

Facebook Comments Box

Share Icon