बेइजिङ । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जारी गरेको छ ।
सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही भागमा हिमपातसहित आँधी आउने प्राधिकरणले जनाएको छ । यसैबिच राष्ट्रिय मौसम विज्ञान केन्द्रले २ सेन्टिमिटरदेखि ६ सेन्टिमिटरसम्म हिमपात हुने बताएको छ । साथै गुइझोउ, युनान र गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने पनि अनुमान गरिएको छ ।
हिउँ पर्ने मौसममा पैदल यात्रु र चालकलाई थप सावधानी अपनाउन र सडक, रेलमार्ग, विद्युत र दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।
चीनसँग चार-स्तरीय, रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेँलो र निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ । रासस/सिन्ह्वा
Related posts:

चीनको बजार हाल विश्वस्तरमा सबैभन्दा खराब, शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बमवर्षक जहाजद्वारा ताइवान घेराउ !

सम्बन्धलाई ‘जिम्मेवारीपूर्वक व्यवस्थापन’ गर्ने प्रयासमा येलेनको चीन भ्रमण

अमेरिकामा भारतीय कामदारहरूको लागि भिसा सहज बनाइने

