Share Icon

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् ।

प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै उनले यसमा पनि प्रश्न उठाए ।

सांसद झाले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूलाई प्रमाण नष्ट गर्ने भाग्ने सुविधा दिने नियतले किस्तामा नाम सार्वजनिक गरिएको आशंका गरे।

उनले आरोपीहरूले मोबाइल फर्म्याट गर्ने, लुक्ने र आफ्नो सुविधाअनुसार सार्वजनिक हुने मौका पाएको भन्दै आश्चर्य व्यक्त गरेका हुन्।

Facebook Comments Box

Share Icon