रास्वपा सांसद मनिष झाको प्रश्न – भ्रष्टाचार आरोपीलाई प्रमाण नष्ट गर्ने सुविधा कसले दियो ?

Share Icon

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् ।

प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै उनले यसमा पनि प्रश्न उठाए ।

सांसद झाले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूलाई प्रमाण नष्ट गर्ने भाग्ने सुविधा दिने नियतले किस्तामा नाम सार्वजनिक गरिएको आशंका गरे।

उनले आरोपीहरूले मोबाइल फर्म्याट गर्ने, लुक्ने र आफ्नो सुविधाअनुसार सार्वजनिक हुने मौका पाएको भन्दै आश्चर्य व्यक्त गरेका हुन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.