Share Icon

५ जेठ, काठमाडौं । बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा मेलौली नगरपालिका ९ वटा वडामा बिभाजन गरिएको छ।

समाज सेवामा लागी रहनुभएको शरद सिंह नेगी २०७४ सालमा २५० मतले पराजित भएपछि निरन्तर रुपमा स्थानियका दु:ख पिडामा  हातेमालो गर्दै साथ र सहयोग गरिरहनुभयो ।

फलस्वरुप वडामा २०७९ सालको स्थानिय तह निर्वाचनमा मन र मत दुवै दिएर वडा नम्बर १ मा स्थानिय बासीले वडा अध्यक्षमा निर्वाचित गर्नुभयो ।

 वडा अध्यक्ष नेगीले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

वडाको नम्बर १ को मुख्य समस्या खानेपानि, सिचाई तथा विद्युतको समस्या रहेको हामी निरन्तर पहलमा छौ । काम सुरु हुुने विस्वासमा रहेको वडा अध्यक्ष नेगीले बताउनुभयो ।

उहाले भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

उहाँले थप्दै भन्रुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडाका मुख्य समस्या बिद्युत रहेको छ । यसको पहल हुदै गरेको छ । अब चाडै वडाका समस्या समाधान हुने वडा अध्यक्ष नेगीले उल्लेख गर्नुभयो।

५ वर्षकाे कार्यकालमा वडा नमुना बनाउन हामी निरन्तर खटिएर लागी रहेका छाै वडा अध्यक्ष नेगीले बताउनुभयाे ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon