जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु : वडा अध्यक्ष सिंह नेगी
५ जेठ, काठमाडौं । बैतडी जिल्लाको दक्षिण–पश्चिम भागमा पर्ने यो नगरपालिकाको केन्द्र मेलौली वजार जिल्ला सदरमुकाम बैतडीबाट करिव ३५ किलोमिटर को दुरीमा पर्छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको सदरमुकाममा मेलौली नगरपालिका ९ वटा वडामा बिभाजन गरिएको छ। समाज सेवामा लागी रहनुभएको शरद सिंह नेगी २०७४ सालमा २५० मतले पराजित भएपछि निरन्तर रुपमा स्थानियका दु:ख पिडामा हातेमालो गर्दै साथ र सहयोग गरिरहनुभयो । फलस्वरुप वडामा २०७९ सालको स्थानिय तह निर्वाचनमा मन र मत दुवै दिएर वडा नम्बर १ मा स्थानिय बासीले वडा अध्यक्षमा निर्वाचित गर्नुभयो । वडा अध्यक्ष नेगीले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा…
