Share Icon

२१पाैष, काठमाडाैं । कोहलपुर नगरपालिकाको वडा नं ७ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो । स्थानिय चुनावमा बहुमत प्राप्त गर्दै बाँके जिल्लाको कोहोलपुर नगरपालिका वडा नं.७ मा  ठग्गा थारु वडा अध्यक्षमा निर्वाचित भएकाे हुनुभएकाे हाे  ।

उहाँ सबै वडाबासीको मनमुटुमा सजिलै बस्न सफल वडा अध्यक्ष हुनुहुन्छ । पहिलेका आधा अधुरा रहेका विकास निमार्णका कार्य गरिरहेको साथै अहिले विकास निमार्णमा जनताका समस्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढाई रहनुभएकाे छ ।

बाँके जिल्लाको कोहोलपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष ठग्गा थारुले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको र आगामी दिनमा अझै धरै काम गर्ने याेजना रहेकाे  बताउनुभयो ।

वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा बिजुल्लि बत्तिको क्षेत्रमा विकास गरेको र अझै धेरैकाम गर्ने   वडा अध्यक्ष थारुले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा र समग्र वाडाबासीसंगै हातेमालाे गर्दै अगाडी बढ्मा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष ठग्गा थारुले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजनाहरु रहेको छन् ,उक्त योजनाहरु बैशाख सम्म सकेर अरु योजना पालिकामा पठाउने मनस्थितीका साथ अगाडी बढिरहेकाे र वडामा बाटो घाटो,भौतिक पुर्वाधारको क्षेत्रलाई पहिलो प्राथामिकता दिएको काम गरिरहेकाे वडा नं.७ का वडा अध्यक्ष  थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, जनताको मागअनुसार वडामा काम गर्ने लक्ष्य रहेको बताउनुभयो । यस वडामा कृषि गर्ने व्यतिहरूकाे  बस्ति धेरै छ । कृषि गर्ने स्थानियकाे बसाेवास धेरै भएकोले यस वडालाई कृषि क्षेत्र घोषणा समेत गरेको छ । साथै यस वडालाई कृषि व्यावसायमुखिकरण बनाउने लक्ष्यका साथ काम गरिरहेकाे वडा अध्यक्ष थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो,यो वडा जनसंख्याको हिसाबले सानो र भौगोलिक क्षेत्रको हिसाबले ठुलो वडा रहेकोले यो वडा दुर्गम,पिछडिएको वडा  बजेट एकदमै कम भएकोले स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाईरहेको वडा अध्यक्ष थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफनो पाँच वर्षको कार्यकालमा यस वडालाई सुखि, समृद्धि र सम्पन्न गर्ने र वडालाई नमुनाको रुपमा चिनाउने छु ।’

उहाँले अन्त्यमा भन्नुभयो, मलाई वडाबासीहरुले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो ।जनताको मतबाट निर्वाचित हुदाँ निकै नै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिने छैन ।

जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । वडाको चौतर्फि विकासको लागि म सदैब लागि पर्ने छु ।

Facebook Comments Box

Share Icon