५ वर्षमा निर्वाचनमा जनताले गरेका ८५ प्रतिशत माग पूरा गर्नेछुः वडा अध्यक्ष तामाङ
१ कार्तिक, काठमाडाैं । पाथीभरा याङवरक गाउँपालिका नेपालको काेशी प्रदेशको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको पूर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो।
यस गाउँपालिकाको कूल क्षेत्रफल ९२.७६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५ हजार १ सय २४ (घरधुरी सर्भेक्षण-२०७४, वैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सीमाना कावेली खोला रहेको छ।
साेही गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।
पाथीभरा याङवरक गाउँपालिका-६ का वडा अध्यक्ष जितमान तामाङले ५ वर्षभित्रमा निर्वाचन ताका जनताले गरेका ८५ प्रतिशत माग पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । वर्षाकाे समयमा सडक अवरूद्ध भएकाे उहाँले बताउनु भएकाे हाे । तर अहिले भने मर्मत सम्भार गरेर सडक संचालन भएकाे पनि उहाँले जानकारी गराउनुभएकाे हाे ।
यस वडामा रहेका ७ वटा सामुदायिक विद्यालकाे शैक्षिक गुणस्तर सुधार उन्मुख रहेकाे उहाँले बताउनुभएकाे छ। शिक्षक दरबन्दीकाे अभाव नभएकाे उहाँले बताउनुभयाे। विद्यार्थीहरूकाे संख्या भने न्यून रहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै पर्यटन क्षेत्रकाे सम्भावना भएकाे बताउँदै उहाँले अघि बढाउने याेजना भइरहेकाे जानकारी गराउनुभएकाे हाे।
कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएर काम भइरहेकाे पनि उहाँकाे भनाइ छ। पशुपालन गर्ने कृषकलाई अनुदान दिने गरिएकाे पनि उहाँकाे भनाइ छ। यस वडामा सिंचाइकाे पनि सुविधा रहेकाे र केही स्थानमा मात्र हुन बाँकी रहेकाे पनि उहाँकाे भनाइ छ। युवा लक्षित कार्यक्रमहरू संचालन भइरहेकाे पनि उहाँकाे तर्क छ ।
खानेपानीकाे सन्दर्भमा एक घर एक धाराकाे कार्यक्रम संचालन भइरहशेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।अब २ वर्षभित्रमा वडावासीकाे घर-घरमा एक घर एक धारा खानेपानी पुर्याउने उहाँकाे दावी छ । साथै स्वास्थ्य क्षेत्रमा राम्राे रहेकाे बताउँदै उहाँले सामान्य राेगका बिरामीका लागि वडामै स्वास्थ्य प्राथमिक चाैकी रहेकाे पनि उहाँकाे भनाइ छ।
विद्युतकाे केन्द्रीय प्रसारण लाइनकाे विस्तार भएकाे उहाँले बताउनुभयाे । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।
यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। साथै आर्थिक २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई पालिकाले ६० लाख बजेट सिलिङ गरेको उहाँले बताउनुभयो।
अन्त्यमा निर्वाचनको समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे पनि अध्यक्ष तामाङकाे दावी छ ।







