Share Icon

१कार्तिक,काठमाडाैँ।नेपालको मध्यभागमाअवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर माहादेवको काखमा रहेको यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. स.९ जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो।

काठमाडौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट ३२ कि.मी पूर्वमा अवस्थित यस मध्यनेपाल नगरपालिका गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक व्यापारीक केन्द्र भोर्लेटारमा पर्दछ।

यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा ब्यास नगरपालिकाले घेरिएको छ।

११३.८६ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०७८ सालको जनगणना अनुसार ६००२ घरधुरीमा गरिएको सर्वेक्षणमा ११,६०६ महिला र ९,७६७ पुरुष गरि जम्मा २१,३७३ जनसंख्या रहेको छ।

शिक्षाको क्षेत्रमा हाम्रो यस नगर धेरै अगाडी रहेको र करिब ९० प्रतिशत जनसंख्या साक्षर रहेकाछन्।
गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मध्यनेपाल नगरपालिका  वडा नं.४ मा पालिकाबाट ५० लाख,  प्रदेश ३ कराेड ५० लाख र संघबाट ५० बजेट विनियोजन गरेको वडा अध्यक्ष राम बहादुर श्रेष्ठले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राम बहादुर श्रेष्ठ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयोे ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटाे कालापत्रे गर्ने काम भइरहेकाे छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको र विद्यालयकाे पठन पाठनलाइ अनुगमन गर्ने काम भइरहेकाे   उहाँको दाबी छ ।

साथै स्वास्थ्यको क्षेत्रमा वडामा स्वास्थ्यकाे भवनकाे निमार्ण कार्य भइरहेकाे  वडा अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो । त्यसै गरी युवाहरूलाइ लक्षित गर्दै वडा स्तरीय खेलकुदको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषिलाइ व्यवसायमय बनाउनको लागि  कृषि अैाजारहरू वितरण गरेका छाै र कृषि विज्ञानबाट विभिन्न तालिमहरू सञ्चालन गर्ने याेजना रहेकाे छ ।”

वडा अध्यक्ष राम बहादुर श्रेष्ठले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।” त्यसै गरी दशै तिहारलाइ लक्षित गर्दै सामुहिक रूपमा सरसफाइकाे अभियान चलाएकाे उहाँले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon