Share Icon

३ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला नीलकण्ठ नगरपालिका स्थित ११ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा राम बहादुर श्रेष्ठ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय नीलकण्ठ नगरपालिका स्थित नम्बर ११ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष श्रेष्ठले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ११ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडाबासीहरुको समस्याको समाधान गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”

वडामा सडक र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा कार्यालयमा सेवा, सुविधा लिन आउने सेवाग्राहीहरुलाई बस्नका लागि ट्रस्ट निमार्णको लागी सम्झौता गरेर काम सुरु भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई बाह्रै महिना चल्ने गरी मर्मत सँगै स्तर उन्नती गर्ने काम केही सम्पन्न गरेका छौँ, र केही गरीरहेका छौँ ।”

वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा खानेपानी सम्बन्धी कामहरु भइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामीले वडामा रहेका सबै सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुमा क्यान्टिन तथा भौतीक संरचनाहरु निर्माण गरेर शिक्षालाई गुणस्तर बनाउन हामी लागी परीरहेका छौँ ।”

त्यसैगरी वडामा रहेका मठ मन्दिरहरूलाई  ममर्त तथा सरसफाई गर्ने काम भइरेकाे छ ।

उहाँले  लक्षीत वर्गहरुलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ राज्यबाट सहयोग नापाएका वडामा रहेका अपाङ्गहरुलाई  दुई दुई ओटा बाख्रा वितरण गरेको बताउनुभयो ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हाम्रो ११ नम्बर वडामा कृषिको क्षेत्रमा एकदमै समस्या रहेको छ, खेतीयोग्य जमीनहरु धैरैजसो सुख्खा हुने र केही उत्पादन भएका बालीनालीहरु पनि बाँदरले नष्ट गर्ने हुँदा यसलाई कसरी सामाधान गर्न निश्चीत योजना बनाएर अघि बढ्ने तयारीमा छौँ ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि समाज सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

वडा अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडा कृषि र सडकमा जोड दिदैँ वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ११ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ११ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon