Share Icon

१ कार्तिक, काठमाडाैं । नेपालको सुदूरपूर्वी सीमानामा पर्ने साविककाे मेची अञ्‍चल अन्तर्गतका चार जिल्लाहरु मध्ये भारत र चीन दुवै देशसँग सीमाना गासिएको जिल्ला ताप्लेजुङका पश्‍चिमी भू-भागमा चार गाविसहरु खोक्लिङ, लिवाङ, साँवा र पापुङको संयोजन भई हाल १ नं. प्रदेश अन्तर्गतका मिति २०७३/११/२७ गते गठित स्थानीय तहको रुपमा मिक्वाखोला गाउँपालिका एक रहेको छ ।

पौराणिक कालमा तिब्बतबाट आएका एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बु भाषामा मिक्वाको अर्थ आँसु भएकाले यस ठाउँको नामाकरण मिक्वाखोला रहन गएको जनश्रुति रहेको छ । मिक्वाखोला कालखण्डसँगै मेवा खोलाको नामले चिनिन थालेको भएतापनि राज्य पुनसर्चनाको क्रममा मेवा खोलालाई पुनः मिक्वाखोला नामाकरण गरी यसै ऐतिहासिकतालाई मध्यनजर गर्दै मिक्वाखोला गाउँपालिका भनेर नामाकरण गरिएको हो।

भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि मिक्‍वाखोला गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । मिक्वाखोला गाउँपालिका अलैंची खेती, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको दृष्टिकोणबाट महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो ।

मिक्वाखोला गाउँपालिका-२ का वडा अध्यक्ष झरेन्द्र प्रसाद थापाले सडक मर्मत सम्भारकाे काम भइरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । बाह्रै महिना सडकमा सवारी साधन संचाल भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।साथै वडा कार्यालयकाे भवन निर्माणकाे काम सम्पन्न भएकाे पनि उहाँले जानकारी गराउनुभएकाे हाे ।

स्वास्थ्य चाैकीकाे भवन नभएका कारण वडावासीलाइ बिरामी हुँदा उपचार गर्न समस्या भइरहेकाे पनि उहाँले बताउनुभयाे । स्वास्थ्य चाैकीकाे भवन निर्माण गर्नका पहल भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । एक घर एक धाराकाे अभियान संचालन भइरहेकाे बताउँदै यसै वर्वभित्रमा सबै वडावासीका घरमा स्वच्छ खानेपानी पुराउने काम सम्पन्न गर्ने पनि उहाँले जानकारी गराउनुभएकाे हाे ।

सामुदायिक विद्यालय सुधार उन्मुख रहेकाे उहाँले  बताउनुभयाे। ५ वटा सामुदायिक विद्यालय रहेकाे बताउँदै  शिक्षक दरबन्दीकाे अभाव रहेकाे पनि उहाँले बताउनुभएकाे हाे। हाल सहकारी संस्था मार्फत  विद्युत वितरण भएकाे उहाँले बताउनुभयाे । विद्युतकाे केन्दीय लाइनकाे  विस्तारकाे काम भइरहेकाे र यसै वर्षभित्र सम्पन्न हुने पनि उहाँले जानकारी गराउनुभयाे । त्यसपछि अध्याराे मूक्त वडा घाेषणा गर्ने याेजना भइरहेकाे पनि उहाँकाे भनाइ छ।

पर्यटन क्षेत्रकाे सम्भावना भएकाे तर बाटाेकाे अभाव रहेकाे पनि उहाँले बताउनुभयाे । गुम्बा र सामुदायिक भवन बनाउनका लागि बजेट विनियाेजन गरिएकाे पनि उहाँले बताउनुभएकाे हाे । कृषि क्षेत्रमा विशेष रूपमा जाेड दिएकाे उहाँकाे भनाइ छ। युवा लक्षित कार्यक्रमहरू संचालन भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।

साथै युवा लक्षित कार्यक्रमहरू संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे । २४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ।

यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे।साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ८२ लाख बजेटकाे सिलिङ गरेकाे उहाँले बताउनुभयाे।

अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका ९५ प्रतिशत मागलाई पूरा गर्ने लक्ष्यका साथ अघि बढिरहेकाे अध्यक्ष थापाकाे दावी छ।

Facebook Comments Box

Share Icon