Share Icon

हस्ता विष्ट
२३ चैत्र, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो ।

साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ५४,१४० जनसंख्या बसोबास गर्दछन् । यस नगरपालिकाको चौतर्फी सिमानाः पूर्व– कावासोती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकोट गाउँपालिका र पाल्पा जिल्ला, दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित मध्य विन्दु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तिलक राम न्यौपानेले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मध्य विन्दु नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तिलक राम न्यौपाने ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष न्यौपाने अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष न्यौपाने भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

मध्य विन्दु नगरपालिका वडा नं. १ मा जम्मा बजेट वडास्तरीय, नगरस्तरीय, प्रदेश र संघबाट ३ करोड १३ लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष तिलक राम न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपाने वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले देशको सेवा गरेर नेपाली सेनाबाट अवकास भइसके पछि २०७४ को चुनाव पराजित भए सगंसगै निरन्तर समाज सेवा गरेर २०७९ मा निर्वाचित भएर जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयोे ।

वडा अध्यक्ष न्यौपानेले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र स्वास्थ्यलाई दिनुका साथसाथै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयमा अध्यन गर्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई पुस्तकहरु वितरण गरेको र गुणस्तरीय शिक्षाको लागि भारतको दिल्लीबाट प्रशिक्षक ल्याएर विभिन्न सेमिनार र गोष्ठीहरु नगरले सञ्चालन गरिरहेका छौँ । ”

उहाँले भन्नुभयो, ” वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि रासायनिक मलहरु वितरण गरेको र कृषि तालिमहरु उपलब्ध गराएको छौ । ”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गरेको र कोभिडको भ्याक्सिनहरु दिइरहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

त्यसै गरी बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कालोपत्रे गर्ने कामहरु गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाइरहेको र गरिब तथा विपन्न वर्गका मानिसहरुलाई निशुल्क धारा जडान गरिदिएका छौ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

त्यस्तै युवाहरुलाई लक्षित गर्दै विभिन्न खेलकुदहरुको लागि सामाग्रीहरु व्यवस्था गरेको र विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको उहाँले प्रष्ट पार्नु भयो ।

वडा अध्यक्ष तिलक राम न्यौपानेले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon