Share Icon

हस्ता विष्ट
२३ चैत्र,काठमाडाैँ नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो ।

साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व०, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ५४,१४० जनसंख्या बसोबास गर्दछन् । यस नगरपालिकाको चौतर्फी सिमानाः  पूर्व– कावासोती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकोट गाउँपालिका र पाल्पा जिल्ला, दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित मध्यविन्दु नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष डिल्लीराम थारुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मध्यविन्दु नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष डिल्लीराम थारु ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष थारु अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष थारु भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये अधिकांश सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

मध्यविन्दु नगरपालिका वडा नं. ४ मा जम्मा बजेट वडाबाट २५ लाख, संघबाट ५० लाख र प्रदेशबाट ३० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष डिल्लीराम थारुले जानकारी दिनुभयो ।

थारु वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले वडा सदस्यमा रहेर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष थारुले बताउनुभयोे ।

वडा अध्यक्ष थारुले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने र कुनै बाटो कालोपत्रे गर्ने कामहरु गरेका छौँ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुलाई तिन दिने तालिम सञ्चालन गर्ने योजनामा रहेको र भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ” वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न तरकारीहरु अनुदानमा वितरण गरेको छौ । ”
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष थारुले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेको र वडाबासीहरुले शुद्ध पानी पिउन नसकेको उहाँको भनाई छ । ”

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष थारुले बताउनुभयो ।

त्यस्तै युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदहरुको लागि सामाग्रीहरु व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष डिल्लीराम थारुले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon