वडाको चौतर्फी विकास गर्दै अध्यक्ष बैगार

Share Icon

७ चैत्र, काठमाडौं।  बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ। यस गाउँपालिकामा ८ वडा रहेको छ ।

वडाका जनप्रतिनिधि निखील बैगार २०७९ को स्थानीय निर्बाचनबाट वडा नम्बर ३ काे  अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । आफू निर्वाचित भएको वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पुराना कामलाई गति दिदैं नयाँ योजनालाई तिव्रता दिइरहेको जानकारी दिनुभएको छ ।

वाड नम्बर ३ का अध्यक्ष निखील बैगार भने बढी समय जनताको काममा सक्रिय हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं।  वडा अध्यक्ष बैगारले बताउनुभयो । जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

बैजनाथ गाउँपालिकामा सबैभन्दा कम उमेरका वडा अध्यक्ष बैगार हुनुहुन्छ । उहाँ विकास निर्माणका काममा भने परिपक्क हुनुहुन्छ ।

वडा अध्यक्ष बैगारले भन्नुभयो , हामी निर्वाचित हुदाँ गरेका प्रतिबद्धताका आधारमा अगाडि बढिरहेका छौ । कन्वा ताललाई प्रर्बधन गर्न तत्काल नै लागी रहेको छौ ।’

अध्यक्ष बैगारले भन्नुभयो,  ‘कृर्षी र शिक्षालाई बिशेष जोड दिएर बजेटहरु निर्धारण गरेको छौ र शैक्षिक कार्यक्रम बनाएको अब चाडै कार्यन्यन गर्न ,शिक्षामा पनि हामीले प्रमुख जोड दिएको छौ ।’ घरमै बसि बसि उद्यम गर्न सहज होस भनेर सिपमुलक कामहरुको योजना बनाएको समेत जानकारी दिनुभयो।

सम्रग ३ नम्बर वडामा शिक्षा, स्वास्थ्य, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष बैगारले बताउनुभयो।

हाम्रो स्थानिय तहका विद्यालयमा नर्सिङ सेवा दिन पर्छ भनेर हामी काम गर्दै छौ । जस्तो कि तपाईले हामीलाई सम्र्पक गर्दै गर्दा हामीले स्वास्थ्य कर्मी भर्ना गर्न लागीरहेको आवेदन आह्रान गरेको समेत जनकारी दिनुभएको  छ ।

अध्यक्ष बैगारले भन्नुभयो, ‘वडामा समस्या नभएका हैन भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासका कारण जनता समस्यामा छन्।’

यस्ता समस्या समाधान गर्न हाम्रो कार्यकालमा प्रयास जारी छ । निरन्तर रुपमा सबैले अव्यवस्थित बसोबास गरिरहेका स्थानियलाई व्यबस्थापन गर्न लागी रहेको छौ।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा सहकारीमा अध्यक्षको भुमीका निर्वाह संगै समाजसेवामा आबद्ध रहनुभएको बैगारले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ३ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.