Share Icon

१६ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित शैलुङ गाउँपालिका वडा नं. ७ का सुजन खड्का गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा शैलुङ गाउँपालिका वडा नं. ७ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

पछिल्लो समय दोलखा जिल्ला स्थीत शैलुङ गाउँपालिका वडा नं. ७ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष सुजन खड्का अहोरात्र खटिरहनु भएको छ ।

अध्यक्ष खड्काले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।

पछिल्लो समय वडा नम्बर ७ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा विशेष प्राथमिकतामा सडकलाई राखेर योजनाका कामहरु तीव्र गतीमा अघि बढाइरहेका छौ ।”

उहाँले वडामा रहेका गर्भवती महिला तथा साठी वर्ष भन्दा माथीका वृद्धवृद्धाहरुलाई गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको बताउनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयो, “वडामा हुने विकास योजनाका कामहरु बाहेक शिक्षा, स्वास्थ्य र कृषिका कार्यक्रम तथा योजनाका कामहरु गाउँपालिका स्तरले नै गर्ने भएकोले वडाबाट हामीले कुनै पनि योजना बनाएका छैनौँ ।”

वडामा रहेका युवा तथा महिलाहरुको लागि जनचेतनाका कार्यक्रमहरु गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

हाल वडामा गाउँपालिका र वडाका योजनाका कामहरु भइरहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि संघ संस्थाहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

अध्यक्ष खड्का भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडामा रहेका सबै टोल तथा गाउँहरुमा सडक पुर्याउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon