Share Icon

२४ असाेज, काठमाडाैँ । दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । वि.स.२०७३ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागु गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको ९१(८० वडाहरु¸ भार्ते¸ अर्चलबोट¸ श्रीमञ्जाङ¸ नौथर¸ पाचोक¸ ढोडेनी¸ फलेनी र बन्सार गाउँ विकास समितिहरुलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो ।

दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८¸३९२ रहेको छ ।

यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दुधपोखरी गाउँपालिका¸ पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका¸ उत्तरमा मर्स्याङ्दी गाउँपालिका रहेका छन् ।

जैविक विविधताले भरिपूर्ण यो गाउँपालिका¸ समुन्द्र सतहबाट न्युनतम ३८५ मिटर उचाईदेखि ८२६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्म फैलिएको छ । भौगोलिक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरुप फरक फरक छन् ।

गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नंं. ९ का वडा अध्यक्ष आशिष तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

दोर्दी गाउँपालिका  वडा नं.९ मा पालिका, प्रदेश र संघबाट  गरी जम्मा बजेट २ कराेड  बजेट विनियोजन गरेको वडा अध्यक्ष आशिष तामाङले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष आशिष तामाङ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष तामाङले बताउनुभयोे ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने याेजनामा रहेकाे छ ।”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि वडाबाट बजेट विनियोजन गरेको उहाँकाे दाबी छ ।

साथै स्वास्थ्यकाे क्षेत्रमा हजार दिने महिलाहरूकाे लागि पाेषण कार्यक्रम राखेकाे वडा अध्यक्ष तामाङले प्रष्ट पार्नुभयाे । त्यसै गरी युवाहरूलाइ लक्षित गर्दै वडा स्तरीय खेलकुदकाे लागि वडाबाट बजेट विनियाेजन गरेकाे उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै माैरी पालनलाइ व्यवसायमय बनाउनकाे लागि माैरी पकेट निमार्ण गर्ने याेजनमा रहेकाे   छ ।”

वडा अध्यक्ष आशिष तामाङले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon