नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ
♣ हस्ता विष्ट
२१ फागुन,काठमाडाैँ । लमजुङ जिल्लामा अवस्थित क्व्होलासोथार गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पेमा गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
क्व्होलासोथार गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पेमा गुरुङ ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । क्व्होलासोथार गाउँपालिका वडा नम्बर १ बालमैत्रि वडा भनेर पनि चिनिने वडा पनि हो ।
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।
।
वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”
उहाँले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता बाटोलाई दिदै वडामा रहेका सबै टोल टोलको बाटोलाई स्तरउन्नति गर्दै मोटर बाटोको ढलान गर्ने कामहरु सम्पन्न भएको छ । ”
शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेका सामुदायिक विद्यालयमा अध्यन गर्ने बालबालिकाहरुलाई निशुल्क खाजाको व्यवस्था गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाले भन्नुभयो, ” कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि पकेटको लागि मौरीको पकेट, गाई, भैसी, भेडा,बाख्राको पकेट निमार्ण गर्ने योजनामा रहेको र आलु खेतिको लागि टनेलको व्यवस्था गरेको उहाँको भनाई छ । ”
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै महिला सशक्तिकरणको लागि विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई, अचार बनाउने तालिम र उद्घोषक तालिमको व्यवस्था गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । जेष्ठ नागरिक तथा अपांगहरुको लागि सम्मान कार्यक्रमहरु सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा विशेष जोड दिदै सम्पुर्ण वडाबासीहरुको घरघरमा धारा पुराउने कामहरु सम्पन्न भएको छ । ”
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







