कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैंः वडा अध्यक्ष चौधरी

Share Icon

४ माघ काठमाडाैँ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ११ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन, वडा अध्यक्ष साहेवलाल चौधरी ।

पछिल्लो समय वडा नम्बर ११ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा विभिन्न योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

उहाँले भन्नुभयो, “हामीले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरु पुरा गर्दै, यो वर्ष पनि वडामा रहेका टोल टोलमा गएर वडाबासीहरुसँग छलफल गरेर योजना तथा कार्यक्रमहरु बनाएका छौँ ।”

उहाँले वडामा उपभोक्ता समिती गठन गरेर स्वास्थ्य, शिक्षा, कुषि, लगाएत भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु तीव्र गतिमा भईरहेको बताउनुभयो ।

त्यसैगरी वडामा रहेका महिला तथा युवाहरुकोलागि सिपमुलक तालिमका साथै जेष्ठ नागरिक र बालबालिकाहरुलाई लक्षित गर्दै क्षमता विकासका तालिमहरु सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिदै कृषि पेशालाई व्यावसायीकरण गर्नको लागि किसानहरुलाई कृषि औजार वितरण गरेका छौँ ।”

उहाँले शिक्षा र स्वास्थ्यलाई पनि जोड दिँदै स्वास्थ्य क्षेत्रमा एम्बुलेन्सको व्यवस्था गरीएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विकास योजनाका कामरु चैत्र महिना सम्म सम्पन्न गर्ने लक्ष्यका साथ विकास निर्माणका योजना तथा कार्यक्रमहरु तीव्र गतिमा गरीरहेका छौँ ।”

अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफनो कार्यकाल भित्र आफनो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”

अन्त्यमा उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो ?

मलाई वडाबासीहरुले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.