डोटीको केआइसिंह गाउपालिका–५ ले ग-याे अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान

Share Icon

२२ जेष्ठ,काठमाडौं ।  डोटीको केआइसिंह गाउपालिका–५ ले अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ। गाँउपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आइतवार अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो।

अध्ययनको शिलशिलामा माया प्रेम बसेर विवाह गरेका जोडिलाई गाउँपालिकाले सम्मान गरेको छ। तर अन्तरजातीय विवाह गरेका जोडिले भने जातीय विभेदको अझै पनि सामना गर्नुपरिरहेको अनुभव सुनाएका छन्।

अन्तरजातीय विवाह गरेकी पार्वती साउँदले हामीले प्रेम सम्बन्धलाई पुर्णता दिन विवाह गरेको भए पनि धेरै यातना खेप्नु परेको गुनासो पोखिन्। ‘म एक सक्षम शिक्षित व्यक्तिमाथि त यस्तो व्यवहार हुन्छ भने अन्य साधारण जोडिले अन्तरजातीय विवाह थेग्न सक्ने अवस्था छैन्।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.